काठमाडौं– चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकले नाफा बढाएका छन्। नाफा बढ्नु स्वभाविक भए पनि यसपटक नाफामा अत्यधिक वृद्धि भएको छ।
_x000D__x000D_
बैंकिङ क्षेत्रमा लामो समयदेखि लगानीयोग्य पुँजी (तरलता) अभाव देखिएको छ। बैंकहरुको कर्जा पुँजी निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतको हाराहारीमा छ। त्यसैले बैंकहरु नयाँ ऋण दिनसक्ने अवस्थामा छैनन्। यसले बैंकको नाफामा खासै प्रभाव नराख्ने जानकारहरु बताउँछन्।
_x000D__x000D_
अघिल्लो वर्षको तुलनामा बैंकको नाफा बढ्नुमा कर्जा विस्तारमा वृद्धि हुनु रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए। उनले भने, ‘कर्जा विस्तार र अधिकांश बैंकहरु मर्जरमा गएकाले नाफा बढेको हो। यो स्वभाविक हो।’
_x000D__x000D_
यता नाफा बढ्नु स्वभाविक भए पनि यसपटक एनएफआरएस अनुसार बैंकको वित्तीय विवरण प्रकाशित भएकाले नाफा अत्याधिक बढेको हो।
_x000D__x000D_
त्यस्तै बैंकहरुको निक्षेप र कर्जाबीचको ब्याज अन्तर (स्प्रेड) बढाएसँगै नाफा बढ्नमा टेवा पुगेको छ। केही बैंकको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ। अधिकांश बैंकको स्प्रेडदर ४ प्रतिशतभन्दा बढी छ, जसले नाफालाई प्रोत्साहन गरेको छ।
_x000D__x000D_
त्यस्तै अधिकांश वाणिज्य बैंकको ‘बेस रेट’ र मूल्य आम्दानीमा गिरावट आएको छ। मूल्य आम्दानी कम भएका बैंकहरुको सेयर मूल्य उच्च हुने भए पनि नेपाली सेयर बजारमा भने बैंकहरुको सेयर मूल्य घट्दो क्रममा रहेका छन्।
_x000D__x000D_
२८ मध्ये २७ बैंकको खुद मुनाफा बढ्यो
_x000D_२८ मध्ये २७ वटा बैंकको वार्षिक खुद मुनाफा बढेको छ। नाफा घट्नेमा नेपाल बैंक रहेको छ। बैंकको नाफा ० दशमलव ५ प्रतिशतले घटेर ९१ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
_x000D__x000D_
यता टुरिजम डेभलपमेन्ट बैंकलाई मर्जर गरेको मेगा बैंकको खुद मुनाफा अत्यधिक रुपमा बढेको छ। बैंकको नाफा ३ सय ९४ दशमलव ४८ प्रतिशतले बढेर ४० करोड ४५ लाख रुपैयाँ पुगेको छ।
_x000D__x000D_
त्यस्तै सेन्चुरी कमर्सियल बैंक, कुमारी बैंक र एनअइसी एसिया बैंकको नाफा १ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ।
_x000D__x000D_
_x000D__x000D_
३ बैंकको नाफा अर्ब माथि
_x000D_चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन बैंकको नाफा अर्ब माथि पुगेको छ। नाफा अर्ब माथि कमाउनेमा नबिल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
_x000D__x000D_
नबिल बैंकले नाफा अघिल्लो वर्षको तुलनामा २३ दशमलव ६१ प्रतिशतले बढाएर १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै नेपाल इनभेष्टमेन्ट बैंकको नाफा पनि १ अर्ब ५ करोड रुपैयाँ नै पुगेको छ
_x000D__x000D_
सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ। यस अवधिमा बैंकले ५७ दशमलव ७३ प्रतिशतले खुद नाफा बढाएर एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
_x000D__x000D_
धेरै पटक साधारण सेयर (आइपिओ) जारी गर्ने चर्चा गरे पनि बैंकले हालसम्म सेयर जारी गर्न सकेको छैन। यद्यपि केही समय पहिले मात्रै एनआइडिसी बैंक तर्फको ३० हजार ९ सय १० कित्ता सेयर बराबरको रकम लगानीकर्ताले फिर्ता नलिँदा उक्त सेयर वाणिज्य बैंकमा रहेको छ। त्यसैले बैंकको ९९ प्रतिशतभन्दा बढी सेयर सरकारी रहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।