जनकपुर– गुठीको जग्गा किर्ते गरी बेच्न लागेको आरोपमा एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा बढी जग्गा किर्ते जालसाजी गरी मोही बनेका अशोक कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दाससित मिलोमतो गरी गुठी संस्थानको नाममा लालपूर्जा रहेको जग्गाको किर्तेगरी मोही महलमा शर्माले आफ्नो नाम र जग्गा धनीमा रत्नसागर गुठी लेखेकाे भेटिएकाे छ।
_x000D__x000D_
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित ज्ञानकुप संस्कृत विद्यालयसँगै रहेको दुईवटा बाटो भएको उक्त जग्गा ज्ञानकुपको भोगचलनमा रहेको छ।
_x000D__x000D_
तर, रत्नसागरका महन्थ बैकुण्ठले किर्ते जालसाजी गरी आफ्नो स्थानको नाम जग्गा धनी महलमा र आफ्ना मतियार शर्माको नाम मोही महलमा राखेको आरोप लागेको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय धनुषाले शर्मालाई पक्राउ गरी किर्ते जालसाजी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी आइतबार अदालतबाट म्याद थप गराइ अनुसन्धान सुरु गरेको छ।
_x000D__x000D_
प्रहरीलाई गुठी संस्थान र जिल्ला मालपोत कार्यालयले उपलब्ध गराएको श्रेस्तामा जग्गा धनीमा गुठी संस्थान धनुषा मात्र उल्लेख रहेको छ।
_x000D__x000D_
शर्मा सि.नं. १३५४–१५को कि.नं. २८को २–८–१५ र सि.नं.१३५४/१४ को कि.नं. ६२ को ०–२–११ को जग्गामा मोही बनेका छन्।
_x000D__x000D_
किर्ते गरिएको जग्गा बिक्री गर्नका लागि जनकपुरधामका दुई जना व्यवसायी श्याम डोकानिया र नवल मुरारकासँग ५५ लाख रुपैयाँ बैना बापत लिएको बताइन्छ। यद्यपि यसको दुवै पक्षले पुष्टि गरेको छैन।
_x000D__x000D_
प्रहरीले किर्ते जालसाजीको थप अनुसन्धान भइरहेको जनाउँदै दोषी देखिएका सबैमाथि मुद्दा चलाइने बताएको छ।
_x000D__x000D_
किर्ते जालसाजीको मुख्य नाइके मानिएका बैकुण्ठ दासले लालपुर्जा बदर नभएकोले बेचबिखन गर्ने अधिकार प्राप्त रहेको बताए।
_x000D__x000D_
उनले अदालतमा विचाराधीन रहेको मुद्दामा प्रहरीले दबाब र प्रभावमा परेर पक्राउ गरेको आरोप लगाए।
_x000D__x000D_
दासले भने,‘प्रहरीले कसैको दबाब र प्रभावमा परेर यस्तो गरको हो, अदालतमा मुद्दा विचाराधीन रहेकाले प्रहरी कारबाहीको कुनै औचित्य छैन।’
_x000D__x000D_
बिरख कुट्टीको सम्पूर्ण जग्गा बेचेर बैकुण्ठ र शर्माले मासेका छन्। बैकुण्ठ दासले अन्य कुटीहरूको किर्ते गरी बेचेका जग्गाहरुको पनि छानबिन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।