काठमाडौं– अभिनेता विपीन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन्।
_x000D__x000D_
मंगलबार बिहान फिल्म 'जात्रै जात्रा'को सुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको मोटरसाइकलको ठक्करबाट कार्की घाइते भएका हुन्।
_x000D__x000D_
फिल्मका निर्देशक प्रदीप भट्टराईका अनुसार टेकु-कालीमाटी जोड्ने विष्णुमती पुलमा दुर्घटनामा परेका कर्कीको अवस्था भने सामान्य रहेको छ। उनको दायाँ खुट्टामा चोट लागेको र बल्खुस्थित वयोधा हस्पिटलमा उपचार भइरहेको छ।
_x000D__x000D_
कार्कीलाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त मोटरसाइकलसहित चालक फरार छन्।
_x000D__x000D_
अभिनेता कार्कीको दुर्घटनाका कारण फिल्म 'जात्रै जात्रा'को छायांकन कार्य केही दिनका लागि स्थगन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।