फाराह– अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
_x000D__x000D_
फाराह प्रान्तमा गत २४ घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताए।
_x000D__x000D_
प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरुले खाक ए सफिद जिल्लामा आइतबार बिहान तालिबान लडाकूहरुविरुद्ध जवाफी आक्रमणपछि २३ जनाको शव भेटिएको जानकारी दिए।
_x000D__x000D_
उनले भीडन्तमा परि अरु २० जना लडाकू घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए।
_x000D__x000D_
घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ।
_x000D__x000D_
अहिले घटना भएको ठाउँमा तालिवान लडाकूहरुले प्रहरीचौकीमा आक्रमण गर्दा भएको भीडन्तमा परी केही दिन अगाडी ७० जना सुरक्षाकर्मीको ज्यान गएको थियो।
_x000D__x000D_
पछिल्लो समयमा अफगानिस्तानको रक्षा मन्त्रालयले सरकार विरोधी लडाकूहरुविरुद्धको कारबाहीलाई बढाउँदै लगेको छ। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।