काठमाडौं- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक भीमप्रसाद सुवेदीले पदभार ग्रहण गरेका छन्। कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपछि सुवेदीले आज (सोमबार) कार्यभार सम्हालेका हुन्।
_x000D__x000D_
सुवेदी भूगोल तथा जनसंख्याविद् हुन्। त्रिभुवन विश्वविद्यालयमा करिब चार दशक प्राध्यापन गरेका सुवेदीले हालै मात्र अवकाश पाएका थिए। प्राध्यापक परासर कोइरालाको चारवर्षे कार्यकाल पूरा भएपछि उक्त स्थान रिक्त थियो।
_x000D__x000D_
त्रिविको भूगोल केन्द्रीय विभाग प्रमुख रहिसकेका सुवेदीले यसअघि काठमाडौं विश्वविद्यालयको विद्या परिषद् सदस्य, पोखरा विश्वविद्यालयको अनुसन्धान समितिका सदस्य तथा खुला विश्वविद्यालयको प्राज्ञिक परिषद्का सदस्यको रुपमा काम गरिसकेका छन्।
_x000D__x000D_
आयोग देशभरका ११ विश्वविद्यालयको नियामक निकाय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।