राजविराज– शिक्षा सुधारका नाममा सरकारले वर्षेनी करोडौं रुपैयाँ खर्च गर्छ। तर, अपेक्षा अनुसारको उपलब्धी भने देखिदैन। कतिपय स्थानमा त अहिले पनि विद्यालय÷क्याम्पस विद्यार्थीको पहुँचमा छैनन्। घन्टौं हिडेर विद्यालय/क्याम्पस पुग्नुपर्ने तथा आधारभुत तहको शिक्षा आर्जनका लागि पनि घरै छोड्नु पर्ने अवस्था छ।
_x000D__x000D_
ग्रामिण तथा दुर्गम क्षेत्रमा मात्र होइन, सुगम र सहज स्थानमा पनि सरकारले आवश्यकताअनुसार स्कुल र क्याम्पस सञ्चालनमा ल्याउन सकेको छैन। कतिपय स्थानमा भने खुलेपनि फितलो व्यवस्थापनका कारण चुस्तदुरुस्त ढंगबाट सञ्चालनमा आउन सकेको देखिँदैन। सरकारको यही कमजोरीका कारण सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारीका बालबालिका उच्च शिक्षाका लागि घरै छोडेर विद्यालय/क्याम्पस आसपासमा गएर बस्नुपर्ने अवस्था थियो। तर, स्थानीय केही अगुवाहरुको प्रयासपछि विगत ६ वर्षदेखि यहाँका बालबालिका पढ्नका लागि आफ्नो ठाउँ छोडेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ।
_x000D__x000D_
शिशुवारी गाउँका बहुसंख्यक बिपन्न परिवारका विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ६ वर्षदेखि चन्दा उठाएरै ‘शिशुवारी क्याम्पस’ सञ्चालन गरिएको छ।
_x000D__x000D_
सदरमुकाम राजविराज, सिरहाको लहान र उदयपुरको गाइघाट ३ वटै ठाउँमा बिपन्न विद्यार्थीहरुले आर्थिक रुपले पढ्न नसक्ने भएपछि गाउँमै क्याम्पस सञ्चालन गरिएको क्याम्पसका संस्थापक अध्यक्ष रामबहादुर राउतले बताए।
_x000D__x000D_
यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहतर्फ ४ वर्षे शिक्षा संकाय र दश जोड दुईतर्फ वाणिज्य तथा शिक्षा विषयको अध्यापन भइरहेको सञ्चालक समितिका अध्यक्ष राजकुमार राउत बताउँछन्। अध्यक्ष राउतका अनुसार हाल सिरहा र उदयपुर जिल्लाका छिमेकी गाउँका विद्यार्थीसमेत अध्ययनका लागि यसै क्याम्पसमा आउने गरेका छन्।
_x000D__x000D_
गाउँमा क्याम्पस सञ्चालनका लागि स्थानीय नारायणप्रसाद पराजुलीले करिब ३ लाख रुपैयाँ बराबरको २ कठ्ठा जग्गा क्याम्पसकै नाममा नामसारी गरिदिएका छन्। यस्तै, अन्य स्थानीय गाउँलेहरुले व्यक्तिगत रुपमा १० हजार देखि ३ लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन्।
_x000D__x000D_
सांसद, छिमेकी जिल्लाहरु उदयपुर र सिरहाका शिक्षाप्रेमीहरुले समेत नगद सहयोग गरेको अध्यक्ष राउतले बताए। क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार स्थानीयले ६ वर्षको अवधिमा १३ लाख, सुरुङ्गा नगरपालिका कार्यालयबाट १० लाख, १ नम्बर वडा कार्यालयबाट डेढ लाख र २ नम्बर वडा कार्यालयबाट ५० हजार आर्थिक सहयोग उपलब्ध भएको छ। धमलाका अनुसार अहिलेसम्म पनि कक्षा सञ्चालनका लागि स्थानीयसँग चन्दा संकलन गर्ने कार्य यथावत छ।
_x000D__x000D_
शिक्षकहरुले निकै कम तलब र सुविधा लिई काम गरिरहेको बताउँछन् क्याम्पस प्रमुख धनबहादुर कटुवाल। ‘क्याम्पसको आफ्नै भवन पनि छैन,’ क्याम्पस प्रमुख कटुवालले भने, ‘शिक्षकहरुले समयमा तलब नपाएपनि दुःख गरेर नियमित कक्षा सञ्चालन गरिरहेका छौं।’
_x000D__x000D_
स्नातकतर्फ नेपाली, अंग्रेजी र जनसंख्या विषय र दश जोड दुईतर्फ शिक्षा र व्यवस्थापन संकायको कक्षा चलाउन ३ पूर्णकालीन र १० जना आंशिक शिक्षकहरुले काम गरिरहेको उनले बताए।
_x000D__x000D_
क्याम्पसमा स्नातकतर्फ एक सय ५० र दश जोड दुईतर्फ करिब ३ सय गरी साढे ४ सय विद्यार्थीले अध्ययन गरिरहेको प्रमुख कटुवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।