काठमाडौं- बादीप्रतिको मानसिकता परिवर्तन गर्न भुमिका खेलेको भन्दै बेलायती प्रसारण संस्था (बिबिसी)ले छनौट गरेको यस वर्षका उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा उमादेवी वादी परेकी छन्।
_x000D__x000D_
सोमबार सार्वजनिक एक सय महिलाको सूचीमा वादी समेत परेकी हुन्।
_x000D__x000D_
५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी छिन्।
_x000D__x000D_
बिबिसीले उनलाई अछुत भनिएको बादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ।
_x000D__x000D_
उक्त सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलगायत छन्।
_x000D__x000D_
बिबिसीले हरेक वर्ष एक सय जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।