काठमाडौं– भर्खरै इटालीमा विवाह सम्पन्न गरेका भारतीय चर्चित जोडी दीपिका पादुकोण र रणवीरले विवाहलगत्तै तस्वीरहरु गोप्य राखे। विवाह मण्डपदेखि त्यहाँभित्र अबलम्वन गरिएका प्रक्रिया सार्वजनिक गर्न कडाइ गरियो।
_x000D__x000D_
लामो समय प्रेममा रहेका उनीहरुले विवाहपछि आफ्नो सामाजिक सञ्जालबाट ३ वटा मात्र फोटो सार्वजनिक गरे। विवाहपछि दीपिका रणवीरको घरमा भित्रिसकेकी छन्।
_x000D__x000D_
अहिले उनीहरुका केही फोटा सार्वजनिक भएका छन्। ६ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए। बलिउडमा यो नै वर्षको ठूलो विवाह समारोह भएको थियो।
_x000D__x000D_
१४–१५ नोभेम्बर इटालीको सुन्दर सहरमा उनीहरुको भव्य वैवाहिक कार्यक्रम चले पनि उनका फ्यानहरु तस्वीर हेर्नबाट बञ्चित भएका थिए।
_x000D__x000D_
_x000D__x000D_
प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको लेक कोमोमा विवाह समारोह आयोजना भएको थियो। यसअघि बलिउडकी चल्तीकी हिरोइन अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले पनि इटालीमै विवाह गरेका कारण उनीहरुको उक्त समारोह कैद गर्ने धेरैको दीपीका–रणवीरका प्रतिबन्धका कारण इच्छा मरेको थियो।
_x000D__x000D_
इटालीको सहर लेक कोमोमा उनीहरु एक अर्काको भएका थिए। यो सहर पहिलो क्लासका सेलिब्रिटी जर्ज क्लुनी, म्याडोना र रिचर्ड ब्रेन्सनका बारेमा चर्तित छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।