काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। इपिएलले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार मंसिर २२ गते उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ।
_x000D__x000D_
१५ दिन चल्ने लिगमा १९ खेल हुनेछन्। लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।
_x000D__x000D_
लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।
_x000D__x000D_
लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।
_x000D__x000D_
खेल तालिका
_x000D__x000D_
_x000D__x000D_
इपिएलका लागि प्रत्येक टिमले १०–१० खेलाडी क्लोज अक्सनमार्तप आफ्नो टिममा भित्र्याएका छन्। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ।
_x000D__x000D_
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।