काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रीय कार्य समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
_x000D__x000D_
महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै आईतबार बसेको बैठकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछि सार्ने पक्षमा रहेको पनि स्पष्ट पारेका थिए।
_x000D__x000D_
आईतबार साँझ बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो। तर महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ भनी सभापति देउवालाई प्रश्न गरेका थिए।
_x000D__x000D_
आइतबारको केन्द्रीय कार्य समिति बैठकमा उपस्थित नभएका महामन्त्री कोइरालाले फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने प्रतिक्रिया दिएका थिए।
_x000D__x000D_
महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा राखे। मंसिर २८ गतेबाट महासमिति सुरु हुने गरी मिति तय गरिएको छ।
_x000D__x000D_
महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भीर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।