ललितपुर– तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रचण्डको गला अवरुद्ध बन्यो। सँगै रहेकी श्रीमती सीता दाहाल भक्कानिएपछि उनले पनि अाफूलाइ सम्हाल्न सकेनन्।
_x000D__x000D_
नेकपा अध्यक्ष प्रचण्ड र सीता-पुत्र प्रकाशको पहिलो स्मृतिसभामा सयौंको संख्यामा उपस्थित नेता तथा सर्वसाधारणमा सन्नाटा छायो।
_x000D__x000D_
कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गरेका थिए।
_x000D__x000D_
सम्बोधनका क्रममा प्रचण्डको गला अवरुद्ध भएको थियो। उनी केहीबेर बोल्नै सकेका थिएनन्।
_x000D__x000D_
प्रचण्डले प्रकाशको अवसानलाई सामना गर्नु आफ्ना निम्ति सजिलो नभएको स्मरण गरेका थिए। तर सबै नेपालीहरुको माया, सद्भाव, प्रेम र हौसलाको कारण असम्भव जस्तो लाग्ने पीडालाई पनि आफूहरुले सामना गर्न सकेको उनले बताए।
_x000D__x000D_
सभामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्त्ति नेपालका संयोजक बाबुराम भट्टराई, नेकपा नेता झलनाथ खनाललगायत नेपाली राजनीतिक दलका शीर्ष नेता पनि पुगेका थिए।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।