काठमाडौं– सुवास कोइरालको निर्देशनमा निर्माण भएको फिल्म 'गरुड पुराण' माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको फस्टलुक सहित प्रदर्शन मिति तय गरेको हो।
_x000D__x000D_
आइतबार सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ब्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ। कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया र प्रियंका सिंह ठकुरी पनि पोस्टरमा समेटिएका छन् ।
_x000D__x000D_
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको पनि अभिनय छ।
_x000D__x000D_
पारिवारिक प्रेमकथामा आधारित फिल्म हास्यप्रधान विधामा तयार भएको निर्देशक कोइरालाले बताए ।
_x000D__x000D_
आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैले लेखेको फिल्ममा रेनेशा बान्तवा राईको कोरियोग्राफी, कोसिस क्षेत्रको संगीत, कोसिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।