लम्बासा, फिजी- टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।
_x000D__x000D_
उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो। यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन। हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन।
_x000D__x000D_
गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको थियो। फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।