हनोई, भियतनाम- दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र अाँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन्।
_x000D__x000D_
हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब छ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन्।
_x000D__x000D_
भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधी सहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँ नै डुबानमा परेको बताइएको छ।
_x000D__x000D_
भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।