राजविराज– देशमा रोजगारी नपाएको भन्दै युवाहरु विदेशिने क्रम बढेको बढ्यै छ। श्रम र रोजगारीकै लागि दैनिक हजारौं युवा खाडी मुलुक पुग्छन्। त्यसमा पनि तराईका जिल्लाबाट वैदेशीक रोजगारीमा जाने युवाको संख्या तुलनात्मक रुपमा बढी छ।
_x000D__x000D_
श्रम गर्ने युवा विदेश पलायन भएपछि सप्तरी, सिरहा, सुनसरी, मोरङ, धनुषा, महोत्तरीलगायतका तराईका जिल्लामा भने काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। खेती गर्न पनि भारतीय मुलका कामदार प्रयोग हुन थालेका छन्।
_x000D__x000D_
यति मात्रै होइन, जाडो मौसम सुरु भएसँगै तराईका जिल्लामा भारतीय मुलका व्यक्तिहरुले सिरक, डसना र सिरानी बनाएरै मासिक लाखौं रुपैयाँ कमाई गर्न थालेका छन्।
_x000D__x000D_
भारतको मधुवनी जिल्ला महादेवमन्ठ ग्राम पञ्चायतका मो. कलामत मन्सुरी र उनको टिम यतिबेला सप्तरीका गाउँ–गाउँ घुमेर सिरक डसना बनाउन व्यस्त छ।
_x000D_उनीहरुले मेसिनबाट पुराना कपडा धुल्याउने तथा सिरक, डसना र सिरानी बनाएर दैनिक ८ देखि १० हजारसम्म कमाई गर्ने गरेका छन्। आफ्नो टिममा ४ जनाले काम गर्ने गरेको मन्सुरीले बताए।
_x000D__x000D_
_x000D__x000D_
दैनिक १० देखि १२ वटा सिरक–डसना बनाउने उनीहरुले कपडा धुल्याउनेदेखि सिरक–डसना तयार गरेसम्मको सरदर १ हजार रुपैयाँ लिन्छन्। गाउँमा जाडो मौसमभरि सिरक–डसना बनाउनेको संख्या अधिक हुने भएकाले उनीहरुलाई काम नपाउने समस्या पनि छैन।
_x000D__x000D_
‘बजारमा लाग्ने खर्चमा हामीले गाउँमै काम गर्छौं,’ मन्सुरी भन्छन्, ‘बजार पुग्ने झन्झट र रकम समेतको बचत हुने भएपछि काम नपाउने कुरै हुँदैन।’
_x000D__x000D_
जाडोयाम सुरु भएसँगै ४÷५ जनाको समूहमा सीमावर्ती आसपासका गाउँमा आएर उनीहरुले काम गर्ने गरेका छन्। ‘हरेक वर्ष कात्तिक–मंसिरमा आउँछौं,’ महादेवमन्ठकै मो. मकसुदीन मन्सुरी भन्छन्, ‘सिजनभरि काम गरेर माघ–फागुनमा घर फर्किन्छौं।’
_x000D__x000D_
सप्तरीसँगै सिरहा, सुनसरी, मोरङ, महोत्तरी, धनुषालगायतका तराईका अधिकांश जिल्लामा भारतबाटै आएका व्यक्तिहरुले सिरक–डसना बनाउँदै आएको उनीहरुले जानकारी दिए। सिजनभरि काम गर्दा परिवारको पालन–पोषणका लागि राम्रै भरथेग हुने गरेको उनीहरुको भनाइ छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।