‘कार्डियाक एरेस्ट’का कारण निधन भएको थियो प्रकाश दाहालको

नेपाल लाइभ | २०७५ मङ्सिर ३ सोमबार | Monday, November 19, 2018 ०५:५७:०९ मा प्रकाशित

काठमाडौं– तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको निधनको आज एक वर्ष पुथेको छ। अकस्मात् मृत्यु भएपछि यसको कारणका रुपमा धेरैले हृदयाघात बुझे। उनको मृत्युको औपचारिक घोषणा गर्दा नर्भिक अस्पतालका डाक्टरले ‘सडेन कार्डियाक एरेस्ट’ भनेका थिए। तर पनि धेरैले यसलाई हृदयाघातकै रुपमा अर्थ्याए। 

_x000D_ _x000D_

सामान्यतया हृदयघात र ‘सडेन कार्डियाक एरेस्ट’लाई एउटै अर्थमा बुझिन्छ। तर, मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल यी दुवैको अर्थ एउटै नभएको बताउँछन्। 

_x000D_ _x000D_

उनी भन्छन्, ‘हृदयाघात भनेको मुटुमा आउने समस्या हो भने कार्डियाक अरेस्ट भनेको मुटुको चाल बिग्रिनु हो।’

_x000D_ _x000D_

हृदयाघात भएपछि मुटुको चाल बिग्रिने सम्भावना उच्च रहन्छ। हृदयाघात भएकाहरुको पहिलो एक घन्टादेखि २४ घन्टासम्म जुनबेला पनि मुटुको चाल बिग्रेर मृत्यु हुन सक्ने उनी बताउँछन्। तर, मुटुको चाल अन्य कारणले पनि बिग्रिन सक्ने उनले बताए। 

_x000D_ _x000D_

डा ओममूर्तिका अनुसार, मुटुको चाल बिग्रिनु अर्थात् कार्डियाक एरेस्ट हुनुमा उच्च रक्तचाप, जन्मजात मुटुरोग, मुटु चल्दाचल्दै रोकिने समस्या, शरीरमा पोटासियमको कमी आदि पनि हुन सक्छन्। अत्यधिक मदिरा सेवनले पनि मुटुको चाल बिगारेर मृत्यु हुन सक्ने उनले बताए। कतिपयको पौडी खेल्दाखेल्दै मृत्यु हुने र मुटुको मांसपेशी मोटो भएकाहरुको एक्सरसाइज गर्दागर्दै पनि ज्यान जाने गरेको पाइएको उनी बताउँछन्। यसलाई सर्वसाधारणले हृदयाघात बुझे पनि उनी ‘कार्डियाक एरेस्ट’ रहेको प्रस्ट्याउँछन्। 

_x000D_ _x000D_

मुटुको चाल असाध्यै बिग्रिनुलाई चिकित्सकीय भाषामा ‘भिटिएफ’ भनिन्छ। यस्तो हुँदा रक्तचाप शून्य हुन्छ। रक्तचाप शून्य भएमा २ देखि ५ मिनेटभित्रमा बिरामीको मृत्यु हुने डा अनिलले बताए।

_x000D_ _x000D_

उनले भने, ‘बिरामी अस्पतालमै भए समयमै पहिचान गरेर जोगाउन सकिन्छ।’

_x000D_ _x000D_

कार्डियाक एरेस्ट हुने महत्वपूर्ण एउटा कारण भने हृदयाघात नै भएको उनले बताए। उनले भने, ‘हृदयाघात भएको मान्छेलाई अस्पताल पुर्‍याइयो भने सडेन कार्डियाक एरेस्ट हुन नदिन हामी सचेत हुन्छौं। किनभने हृदयाघात भए पनि मुटुको चाल बिग्रिने सम्भावना उच्च हुन्छ। पहिलो एक घन्टा र २४ घन्टामा चाल बिग्रिने सम्भावना हुन्छ।’ 

_x000D_ _x000D_

कार्डियाक एरेस्ट हुने अरु पनि थुप्रै कारण भएकाले प्रकाश दाहालको  हृदयाघातकै कारण मृत्यु भएको ठोकुवा गर्न नसकिने उनले बताए।

_x000D_ _x000D_

(नेपाल लाइभ अर्काइभबाट)