काठमाडौं- एकादशी मेला भर्न गएका दुई युवा समूहबीच झडप हुँदा एक प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।
_x000D__x000D_
धादिङको ज्वालामुखी गाउँपालिका ५ को सिम्ले भन्ने ठाउँमा गोरखा क्यामुनटार र धादिङ सुनखानीका युवाबीच गएराति झगडा भएको हो। झगडा साम्य पार्न गएका असई विनयकुमार पाण्डे घाइते भएका छन्।
_x000D__x000D_
टाउकोमा चोट लागेका उनको धादिङबेँसीमा उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए।
_x000D__x000D_
मदिरा सेवन गरेका युवा समूहबीच सुरु भएको झगडाले उग्र रुप लिएपछि प्रहरी टोली साम्य पार्न घटनास्थल पुगेको थियो। मेलास्थल नजिकका पसल तथा गाडी र बाइकमा समेत तोडफोड गरिएको छ।
_x000D__x000D_
प्रत्यक्षदर्शीले भने झगडा जुवाखालबाट सुरु भएको बताएका छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।