काठमाडौं- आजदेखि सरकारले बायोमेट्रिक विवरण सहितको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ।
_x000D__x000D_
पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गरिने भएको छ। पाँचथरको सहिद मञ्चमा हुने कार्यक्रममा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा आज ११ बजे फिदिम पुग्दैछन्। प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भए पनि उनको अस्वस्थताका कारण गृहमन्त्री जाने भएका हुन्।
_x000D__x000D_
यसअघि पनि १०१ वर्षीया भण्डारीबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन थालिएको थियो। उनलाई परिचयपत्र प्रदान गरेपछि पाँचथरका थप ५० जनालाई वितरण गर्ने तयारी छ।
_x000D__x000D_
पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले परिचयपत्र वितरणका लागि जिल्लामा ५२ हजारभन्दा बढीको विवरण लिइसकिएको बताए।
_x000D__x000D_
असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि पाँचथरमा विवरण संकलन थालिएको थियो।
_x000D__x000D_
एसियाली विकास बैंकको सहयोगमा सरकारले पहिलो चरणमा पाँचथरमा वितरण गर्न लागेको हो । अन्य जिल्लामा पनि क्रमैसँग परिचयपत्र वितरण गर्दै जाने राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन्।
_x000D__x000D_
एक लाख १७ हजार परिचयपत्र छपाइका एडिबीले अनुदान दिनेछ । जसका लागि करिब ५५ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
_x000D__x000D_
नि:शुल्क वितरण
_x000D_एउटा परिचयपत्र छाप्दा करिब तीन सय ५० रुपैयाँ लाग्छ। तर यससम्बन्धी कानुन नबनेकाले नि:शुल्क वितरण गरिनेछ।
_x000D__x000D_
परिचयपत्र चिप प्रविधिमा आधारित छ। तर यो परिचयपत्रले नागरिकतालई विस्थापित गर्दैन। महानिर्देशक काफ्लेका अनुसार संविधानमा नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी दुवै व्यवस्था भएकाले नागरिकता र यो परिचयपत्र फरक हो।
_x000D__x000D_
परिचयपत्रमा नागरिकता, लाइसेन्स, राहदानी, सामाजिक सुरक्षा सम्बन्धी परिचय लगायत सबै विवरण समेटिनेछन्। सुरुमा नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ।
_x000D__x000D_
राष्ट्रिय परिचयपत्रमा दुवै हातका १० वटै औंठाछाप रहनेछन्। स्थायी ठेगानासहित जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान्–श्रीमतीको नाम यसमा राखिनेछ। विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको छ। प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको तयारी छ।
_x000D__x000D_
प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम थालिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।