एजेन्सी– विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई सोझो सेटमा पराजित गर्दै अलेक्जेन्डर भेरेमले सिजनको एटिपी टुरको उपाधि जितेका छन्।
_x000D__x000D_
आइतबार लन्डनमा भएकव फाइनलमा २१ वर्षीय जर्मन खेलाडीले जोकोभिकलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गर्दै अहिलेसम्मकै ठूलो उपाधि जितेका हुन्।
_x000D__x000D_
३१ वर्षीय जोकोभिकले छैटौं पटक एपिटीको उपाधि जित्ने अनुमान गरिएको छ। तर तेस्रो वरियताका भेरेभ पहिलो सेटदेखि नै उत्कृष्ट लयमा देखिए।
_x000D__x000D_
उपाधिसँगै उनले अहिलेसम्मकै ठूलो उपाधि जित्दा विश्वास नै लाग्न नसकेको प्रतिक्रिया दिएका छन्। उपाधिसँगै उनले २० लाख पाउन्ड पुरस्कार हात पारेका छन्।
_x000D__x000D_
जेरेभाले राउन्ड रोबिन चरणबाट भने जोकोभिकसँग हार बेहोरेका थिए। यसअघि उनले सेमिफाइनलमा रोजन फेरेरलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।