जनकपुर- विवाह भन्नासाथ सजिसजावट, बाजागाजा, जन्ती, डोली, उपहार आदानप्रदान र ठूलै भोजभतेर परिकल्पना गर्छाैं हामी। नेपालमा हिन्दु धर्मावलम्बीले परम्परादेखि चलाउँदै आएको विवाह पद्धति यही हो।
_x000D__x000D_
तर, महोत्तरीको बर्दिवास नगरपालिका वडा नं ३ का वडा सदस्य गणेश बस्नेतले नमुना विवाह गरेका छन्।
_x000D__x000D_
न जग्गे। न कुनै तामझाम। एउटा मञ्च बनाएर वनभोजस्थलमै आइतबार उनले धनुषा मिथिला नगरपालिकाकी कुशुम कार्कीसँग विवाह गरे। बेहुलीका आमाबुबा लगायत आफन्तले गोडा धोएर पानी खाने प्रचलनको अन्त्य गर्दै सबै अतिथिले खादा ओढादिए। वर-वधुले एकअर्कालाई माला लगाइदिएपछि विवाह सकियो।
_x000D__x000D_
_x000D__x000D_
समाजसेवामा क्रियाशील बस्नेतले आफ्नै नेतृत्वमा निर्माण गरेको कालापानी वनभोज स्थलमा वैवाहिक कार्यक्रम सम्पन्न गरेका हुन्।
_x000D__x000D_
वैवाहिक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथि थिए। शुभकामना दिँदै मन्त्री पोखरेलले भने, 'हाम्रा धेरै संस्कृति समयसँगै परिवर्तन गर्दै लैजानुपर्ने खालका छन्। संस्कृतिको नाममा बढ्दै गएको दाइजो प्रथालाई निर्मूल पार्न यो विवाहले राम्रो सन्देश दिन्छ। नयाँ पुस्ताका लागी यो कार्य प्रेरणादायी बन्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।