एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत स्विट्जरल्यान्डले बेल्जियममाथि उत्कृष्ट पुनरागमन गर्दै सानदार जित हात पारेको छ। आइतबार राति भएको खेलमा स्विट्जरल्यान्डले बेल्जियमलाई ५–२ गोलले पराजित गरेको हो।
_x000D__x000D_
समूह ए–२ को खेलमा तेस्रो जित हात पार्ने क्रममा स्विट्जरल्यान्डका हारिस सेफेरोभिकले ह्याट्रिक गरेका थिए। उनले खेलको ३१, ४४ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। त्यसअघि रोद्रिगेजले २६ मिनेटमा पहिलो गोल गर्दा एल्भेदीले ६२ मिनेटमा अर्को गोल थपे।
_x000D__x000D_
त्यसअघि बेल्जियमले सुरुवातमै २–० गोलको अग्रता लिएको थियो। बेल्जियमका लागि थोर्गान हजार्डले खेलको दोस्रो र १७ मिनेटमा गोल गरे। जितसँगै स्विट्जरल्यान्ड लिगको सेमिफाइनलमा पुगेको छ।
_x000D__x000D_
_x000D__x000D_
यता समूह ए–४ को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ। इंग्ल्यान्डको जितमा जिसे लिङगार्डले ७८ र ह्यारी केनले ८५ मिनेटमा गोल गरेका थिए। खेलमा अग्रता भने क्रोएसियाले ५७ मिनेटमा कामारिकको गोलबाट लिएको छ। जितसँगै ४ खेलबाट ७ अंक जोडेको इंग्ल्यान्ड लिगको सेमिफाइनलमा पुगेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।