काठमाडौं- रोजगारीका लागि विभिन्न देशमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायी नै बिचौलियाबाट लाखौं रुपैयाँ ठगिने गरेको पाइएको छ। विदेशमा भिसाको काम गर्दै आएका नेपाली एजेन्ट र विदेशी बिचौलियासँग 'डिमान्ड' ल्याउँदा र भिसा कारोबार गर्दा व्यवसायी ठूलो रकम ठगीमा पर्ने गरेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन्।
_x000D__x000D_
म्यानपावर व्यवसायीको रोजगारदाता देशका कम्पनीसँग सिधा पहुँच नहुँदा भिसा र कामदारको डिमाण्डका लागि बिचौलियाको सहयोग लिएर काम गर्नुपर्ने भएकाले ठगीमा पर्ने गरेको एक म्यानपावर व्यवसायीले बताए।
_x000D_
_x000D_भिसा र डिमान्डका नाममा बिचौलियाबाट लाखौं ठगिएपनि व्यवसायी गुपचुप बस्ने गरेको उनले बताए। रोजगारदाता मूलुकका प्रतिष्ठित कम्पनीबाट राम्रो भिसा र डिमान्ड ल्याइदिने भन्दै बिचौलियाले नेपालका म्यानपावर व्यवसायीसँग ठूलो रकम लिएर फरार हुन्छन्। राम्रो कम्पनीको डिमान्डका आशामा धेरै व्यवसायी ठगिए पनि प्रमाण नहुँदा गुपचुप नै बस्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने।
_x000D__x000D_
वैदेशिक रोजगार व्यवसायी संघकै एक जना पूर्व सदस्यका अनुसार नेपाली कामदार जाने देशका गल्ली-गल्लीमा नेपाली एनआरएन्, चिनीयाँ, भारतीय, बंगाली र पाकिस्तानीहरू भिसा अथवा डिमान्ड बिक्रीका लागि बाटो ढुकेरै बस्ने गरेको उनको भनाई छ। उनले भने, 'नेपाली कामदार रोजगारीमा जाने देशमा 'भिसा र डिमान्ड बिचौलिया'हाबी छन्।
_x000D__x000D_
बिचौलियाको उद्देश्य भनेको व्यवसायी ठग्नु मात्र हो। ठगिएका व्यवसायी बदनामी हुने डरले प्रशासनसम्म पुग्दैनन्। जसका कारण यस्ता घटनाहरू बाहिर आउँदैनन्।’
_x000D__x000D_
केही महिनाअघि वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष पनि भिसाको लोभमा पाकिस्तानी दलालबाट ठूलो रकम ठगिएको एक रोजगार व्यवसायीले बताए।
_x000D__x000D_
पूर्व अध्यक्षलाई युएइको एक प्रतिष्ठित कम्पनीबाट दुई सय जनाभन्दा बढी कामदारको माग गराइदिने भन्दै पाकिस्तानी नागरिकले ४० हजार अमेरिकी डलरभन्दा बढी ठगेको उनले बताए।
_x000D__x000D_
रोजगारीमा जाने कामदारको अन्तर्वार्ता र स्वास्थ्य परीक्षणपछि सम्पर्कविहीन भएपछि मात्रै पूर्व अध्यक्षले आफू ठगिएको थाहा पाएका थिए।
_x000D__x000D_
प्रहरीसम्म पुग्दैनन् ठगीका घटना
_x000D_रोजगारीमा जाने कामदार ठगियो भने न्यायका लागि प्रशासन गुहार्न जान्छन् तर सञ्चालक ठगिए भने गुपचुप बस्ने गरेका छन्।
_x000D__x000D_
सीमित म्यानपावर सञ्चालकको मात्र रोजगारदाता कम्पनीसँग सिधा पहुँच भएकोले उनीहरूले सरकारले लागू गरेको फ्रि भिसा र टिकटमा कामदार पठाउने सफल भइरहेका छन्।
_x000D__x000D_
तर यस्तो पहुँच धेरै व्यवसायीसँग छैन। त्यसैले उनीहरुले बिचौलियालाई मोटो रकम बुझाउनुपर्ने हुन्छ।
_x000D__x000D_
युएईमा सुरक्षा गार्डको भिसा भए चार हजार दिराम (एक लाख रुपैयाँभन्दा बढी) र सोभन्दा राम्रो भिसाका लागि ५ हजार दिरामसम्म बिचौलियाले लिने गरेको व्यवसायीको दाबी छ। कतारका भिसा बिचौलियाले एउटा भिसाका लागि ३ हजार ५ सय रियालसम्म लिने गरेका छन्।
_x000D__x000D_
बिचौलियालाई यत्रो रकम खुवाएर निकालिने डिमान्ड पनि कतिपय नक्कली समेत हुने गरेका छन्। बिचौलियाबाट भिसा लिएर रोजगारीमा कामदार पठाउँदा प्रतिकामदार १ लाख ५० हजारभन्दा बढी उठाउनुपर्ने व्यवसायीको भनाई छ। विगत केही वर्षयता भिजिट र व्यक्तिगत भिसामा पनि बिचौलियाले नेपाली कामदार लैजाने गरेका छन्।
_x000D_
_x000D_'डिमान्ड' किन्न व्यवसायीको तछाड-मछाड
_x000D_रोजगारदाता देशमा रहेका बिचौलियासँग डिमान्ड किन्न व्यवसायीको प्रतिस्पर्धा नै हुने गरेको एक पुराना व्यवसायीले जानकारी दिएका छन्। पछिल्लो समय म्यानपावर व्यवसायी बढेपछि भिसा बिचौलियाको व्यापार पनि बढ्दै गएको छ।
_x000D__x000D_
रोजगारदाता देशमा डिमान्ड किन्न व्यवसायीको तछाड-मछाड बढ्दै गएपछि रोजगारदाता कम्पनीले नेपालमा दिने कोटा घटाउन थालेको मलेसियामा कामदार आपूर्ति गर्दै आएका एक व्यवसायीले बताए।
_x000D_
_x000D_रोजगारदाता देशमा भिसा कारोबारका लागि म्यानपावर व्यवसायी जाने गरेका छन्। यसरी हुने भिसा कारोबारमा कुटनीतिक नियोगका कर्मचारी पनि संग्लन हुने गरेका बताइएको छ। पछिल्लो समय कम्पनीका एचआरसँग मिलेर नियोगका कर्मचारी नै भिसा व्यापारमा संग्लन हुने गरेको व्यवसायी बताउछन्।
_x000D_
_x000D_सक्रिय बिचौलियाको सञ्जाल
_x000D_रोजगारदाता देशमा 'डिमान्ड र भिसा कारोबार गर्ने सञ्जाल नै सक्रिय रहेको व्यवसायीको तर्क छ। रोजगारीका लागि विभिन्न देश गएका कतिपय कामदारसमेत काम छोडेर भिसा करोबारमा संलग्न हुने गरेका छन्।
_x000D__x000D_
व्यवसायीका अनुसार मलेसिया, युएई, कतार, बहाराइन र ओमनमा सबैभन्दा धेरै भिसा खरीदबिक्री हुने गरेको छ। केही समयअघि युएईस्थित नेपाली दूतावासले डिमान्ड र भिसा व्यापारमा संग्लन भएको भन्दै ६७ जना नेपालीको नामै सार्वजनिक गरेको थियो।
_x000D__x000D_
व्यवसायीभन्दा बिचौलिया शक्तिशाली
_x000D_वैदेशिक रोजगारी क्षेत्रमा व्यवसायीभन्दा बचौलिया शक्तिशाली छन्। नेपाली युवा जाने देशका एजेन्टले नै भिसा र डिमान्ड नेपालका व्यवसायीलाई उपलब्ध गराउँदै आएका छन्।
_x000D__x000D_
म्यानपावरकै लागि काम गर्दै आएका एजेन्टको पहुँच सिधा रोजगारदाता कम्पनीका एचआरसँग हुने गरेको र आफूहरुको पहुँच त्यहाँसम्म नपुग्ने भएकाले बाध्य भएर बिचौलियालाई मोटो रकम बुझाउनु परेको एक व्यवसायीले बताए।
_x000D__x000D_
बिचौलियाकै भरमा व्यवसायीले कामदार डिमान्ड ल्याउन बाध्य हुनुपरेको उनीहरूको गुनासो छ। विगत केही वर्षदेखि धेरैजसो म्यानपावरमा बिचौलियाले नै डिमान्ड उपलब्ध गराउँदै आएका छन्। धेरै म्यानपावहरू एजेन्टकै भरमा चलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।