विराटनगर– मोरङको विराटनगर महानगरपालिकाबाट आइतबार प्रहरीले लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ।
_x000D__x000D_
सप्तरी शम्भुनाथ नगरपालिका–१२ घर भई विराटनगर महानगरपालिका–१२, शान्ति चोकमा डेरा गरी बस्ने २३ वर्षीय शिवराम चौधरी र मोरङ विराटनगर महानगरपालिका–८ का २५ वर्षीय समीर कामतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई आइतबारै सार्वजनिक गरिएको छ।
_x000D__x000D_
उनीहरुले विराटनगरको हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको अवस्थाका कटहरी–२ का निरज श्रेष्ठको मोबाइल तथा आरके चिल्ड्रेन अस्पताल अगाडिबाट कानेपोखरी गाउँपालिका–३ की हिना राजवंशीको नगद १८ हजार ४ सय, घडी लगायतका सामग्री लुटपाट गरेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
यसैगरी, विराटनगरको हाटखोलाबाट विराटनगर–७ की चन्द्रकला बस्नेतलाई लछारपछार गरी ब्याग तथा नगद र मोबाइल लुटपाटमा समेत उनीहरुको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
_x000D__x000D_
पक्राउ परेकाहरुको साथबाट लुटपाटमा प्रयोग गरिएको लु३९प ४३९७ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका ३ थान मोबाइल, ७ थान थान सिम कार्ड, १ थान लेडिज घडी, १ थान लेडिज चस्मालगायतका सामग्री बरामद भएको छ।
_x000D__x000D_
पीडितहरुले दिएको उजुरीका आधारमा विभिन्न स्थानमा खानतलासी गरी अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। दुवैलाई मूलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।