विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट आइतबार प्रहरीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ।
_x000D__x000D_
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१६ का २७ वर्षीय मदन लिम्बुलाई पक्राउ गरेको हो।
_x000D__x000D_
भारतबाट नेपालतर्फ आउँदै गरेका लिम्बुको साथबाट एभिल २० एम्पुल, डाइजेल्याव २० एम्पुल र लुपिजेसिक २० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
उनले टेपले ढाडमा बाँधेर लागुऔषध ओसारपसार गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।