काठमाडौं- सिन्धुपाल्चोक कारागारका चौकीदार गणेश लामिछानेले कैदीहरूलाई शोषण गरेर र जुवातास खेलाएरै मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
_x000D__x000D_
कारागारको मेस समेत चलाएका चौकीदार लामिछानेले एउटा अन्डाको एक सय रुपैयाँसम्म लिने गरेका छन्। कारागारमा निषेध गरिएका सबै प्रकारका रक्सी (मादपकपदार्थ) लामिछानेले उपलब्ध गराउने गरेका छन्। कारागार प्रशासन र प्रहरीसँग सेटिङ मिलाएर भित्र्याइएको एक क्वाटर भोड्का (रक्सी)को उनले २ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको स्रोतले जानकारी दियो।
_x000D__x000D_
त्यसैगरी, कैदीको रासनमा समेत घोटाला गरेर उनले मासिक ४ लाख रुपैयाँ रकम कमाउँदै आएका छन्। जसमध्ये एक लाख रुपैयाँ आफ्ना सहयोगीलाई बाँड्ने र बाँकी रकम आफूले राख्ने गरेको स्रोतले जानकारी दियो।
_x000D__x000D_
कारागारको भित्री प्रशासनको सम्पूर्ण जिम्मेवारी सम्हालेका उनीविरुद्ध कुनै कैदी बन्दीले बोल्न सक्ने हिम्मत समेत गरेका छैनन्। उनी विरुद्ध कसैले बोलेमा कोठामा थुनेर समेत कुट्ने गरेको तथ्य नेपाल लाइभले फेला पारेको छ।
_x000D__x000D_
एक जना पीडित पूर्व कैदी भन्छन्, ‘कारागारमा राणाशासन छ। चौकीदार लामिछानेविरुद्ध कसैले बोल्न समेत सक्दैनन्।’ चौकीदार लामिछानेको शोषण बारेको जानकारी कारागार विभागमा समेत पुगिसकेको छ। विभागले अनुसन्धान गरेर कारबाही गर्ने आश्वासन दिएको छ।
_x000D__x000D_
_x000D__x000D_
चौकीदार गणेश लामिछानेलाई मूल नाइके भोला कार्कीले गर्दै आएका छन्। सिन्धुपाल्चोक जिल्ला साविकको भोटेचौर गाविस-४ का लामिछाने बलात्कार गरी हत्या गरेको आरोपमा जेल परेका व्यक्ति हुन्। भोजपुर घर भएका मूल नाइके कार्की ठगी र कीर्ते मुद्दामा जेल परेका व्यक्ति हुन्।
_x000D__x000D_
चौकीदार गणेश लामिछाने, मूल नाइके भोला कार्की र भारतीय कैदी सुनील सिंहले कारागार भित्रै दुई-दुई वटा मोबाइल चलाउँदै आएका छन्।
_x000D__x000D_
उनीहरूका यी मोबाइल व्यक्तिगत प्रयोगका लागि मात्रै होइन, आम्दानीको मुख्य स्रोत पनि बनेको छ। सिन्धुपाल्चोक कारागारका कैदीलाई मोबाइलबाट भिडियो च्याट गराइदिँदै पैसा असुल्ने गरेका छन्।
_x000D__x000D_
आँखा खुल्यो, कारबाही गर्छौ : जेलर आचार्य
_x000D_सिन्धुपाल्चोकको जेल जुवा अखडा बनेको समाचार शनिबार नेपाल लाइभले प्रकाशन गरेपछि छानबिन गरेर कारबाही गर्ने सिन्धुपाल्चोक कारागारले जनाएको छ।
_x000D__x000D_
कारागारका जेलर यादव आचार्यले गल्ती भएको स्वीकार्दै छानबिन गरेर कारबाही गर्न प्रक्रिया अघि बढाइसकेको नेपाल लाइभलाई जानकारी दिए।
_x000D__x000D_
समाजलाई पाच्य नहुने जुवा-तास कारागारमा रहेका प्रहरी, कारागारका कर्मचारीकै सेटिङमा सिन्धुपाल्चोकको कारागारमा हुँदै आएको थियो। यसमा कारागार प्रशासनकै गम्भीर लापरबाही भएको देखिएको थियो।
_x000D__x000D_
जेलर आचार्य हप्ताको १५ दिनमा एक दिन कार्यालय पुग्ने र हाजिर गरेर हिँड्ने गरेका कारण कारागारका नासु नवराज सेन र प्रहरीको सेटिङमा चौकीदार तथा नाइकेहरू मिलेर कारागारमा जुवातास खेलाउने गरेका थिए।
_x000D__x000D_
तर आचार्यले आफूलाई राजनीतिक वार्ता समितिमा समेत राखेकाले कहिलेकाँही मात्रै कार्यालय जाने पाइने अवस्था रहेको बताए।
_x000D__x000D_
कायम-मुकायम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग राम्रो सम्बन्ध भएकाले जेलर आचार्यले कारागार नै नगई लापरबाही गर्ने गरेका हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।