विराटनगर– सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित पकली चोकको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
_x000D__x000D_
तुलबहादुर मगरको घरमा भारतको सुपौल बिरपुरथाना बलभद्रपुर घर भएका मोहम्मद आम्जाद मियाँले सञ्चालन गरेको ग्यारेजमा आगलागी भएको हो। शनिबार साँझ विद्युत चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
आगलागीबाट ग्यारेज भित्र रहेका ‘मोटरपार्टस्’ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
_x000D__x000D_
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।