काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरको रामजानकी मन्दिरकाे पर्खाल निर्माणमा भ्रष्टाचार गर्ने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
_x000D__x000D_
उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, अजयकुमार यादव र ओभरसियर अनिरुद्र मण्डलविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
_x000D__x000D_
अख्तियारले अध्यक्ष ओमप्रकाश यादवलाई १ लाख ३५ हजार २ सय २९ र अजयकुमारसँग १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ विगो माग गरेको छ। ओभरसियर मण्डलसँग अख्तियारले २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ असुल हुनुपर्ने दाबी गरेको छ।
_x000D__x000D_
अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लेखित बजेट अनुसार काम नगरी आफू अनुकूलको उपभोक्ता समितिहरू निर्माण गरी, निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनार्इ ठूलो रकम भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
_x000D__x000D_
उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव समेतले रामजानकी मन्दिर, ब्रह्मस्थान, ब्रह्माको मन्दिरको ‘कम्माउन्ड वाल’ निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको अरोपपत्रमा उल्लेख छ। आर्थिक वर्ष २०६७/०६८ मा गरेका कार्यहरुको लागत इस्टिमेट, बिल भरपाइ, प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदनअनुसार कार्य नगरी भ्रष्टाचार गरेको आरोपपत्रमा जनाइएको छ।
_x000D__x000D_
आरोपपत्रमा सरकारी रकम हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय हुनुपर्ने माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।