काठमाडाैं– कोइराला परिवारका नेपाली कांग्रेसका तीन नेतालाई जिपी फाउन्डेसनले एक स्थानमा उभ्याएको छ। फाउन्डेसनकी प्रमुख सुजाता कोइरालाले आफूसहित महामन्त्री डा शशांक कोइराला र डा शेखर कोइरालालाई एउटै मञ्चमा उपस्थित गराएकी हुन्।
_x000D__x000D_
गत वर्षको माघमा सुजाता निवास मन्डिखाटारमा भएको बैठकमा तीन नेताको भेट भएको थियो। गत तिहारमा यस्तै अवसर जुटे पनि पर्वको माहोलले उनीहरुको राजनीतिक कुराकानी भने हुन सकेको थिएन। सुजाताकै पहलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको भेट गत आइतबार भएको थियो। उक्त बैठकमा पनि कोइराला परिवारका तीनै नेता उपस्थित थिए।
_x000D__x000D_
कोइराला परिवारका नेताहरुको सक्रियताले पुनः उनीहरु १४औं महाधिवेशन केन्द्रित भएको देखाएको छ। दुई महिनाअघि विराटनगर र बुटवलमा बोल्ने क्रममा महामन्त्री कोइरालाले आगामी सभापतिका लागि कोइराला परिवारबाट उम्मेदवारी दिने स्पष्ट पारेका थिए।
_x000D__x000D_
कोइराला परिवारबाट कांग्रेसको नेतृत्व गुमेपछि कांग्रेसको साख गुमेको आकलन गरेको कोइराला परिवारका तीन नेता गृह जिल्लामा एकैसाथ उभिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गत महाधिवेशनको समयमा पनि कोइराला परिवारका तीन नेताले एकै स्वर बनाएका थिए। महामन्त्रीमा चर्चामा रहेका शेखर कोइरालाले अर्का नेता शशांकलाई बाटो खाली गरिदिएका थिए।
_x000D__x000D_
कार्यक्रममा बोल्ने क्रममा डा शेखर कोइरालाले तीन नेता विगतमा पनि एकै स्थानमा भएको बताए। उनले भने, ‘भोलिका दिनमा पनि एक हुनेछौं।' समाजवादलाई पुनर्व्याख्या गर्न जरुरी रहेको उनले बताए। बिपी, जिपी, गणेशमान, किसुनजी र सुशील कोइरालाको सपना पूरा गर्न हामी तीनै नेता तयार रहेको प्रतिवद्धता उनले जनाए।
_x000D__x000D_
बुढीगण्डकीदेखि वाइडबडी प्रकरणमा भ्रस्टाचार भएको आरोप लगाएका कोइरालाले नेपाली कांग्रेसभित्र सम्वादहिनता रहेको भन्दै सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट व्यक्त गरे।
_x000D__x000D_
तीन नेताले एउटै माला पहिरिएर आफूहरुबीच भावनात्मक एकता भएको सन्देश दिन खोजेका थिए। शनिबार र आइतबारका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक छोडेर नेताहरु विराटनगर पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।