काठमाडौं– नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ सञ्चालनमा ल्याएको छ।
_x000D__x000D_
अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ सञ्चालनमा ल्याएको हो।
_x000D__x000D_
१३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरिएको हो। निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको सूरुवात गर्नु परेको स्पष्ट पारे।
_x000D__x000D_
नेपाल प्रहरीको टोल फ्री नम्बर १०० मा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो।
_x000D__x000D_
कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रुपमा उपलब्ध गराइएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गरे। उनले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रविधिको विकास र विस्तारमा विशेष जोड दिएको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।