इटहरी- काव्यिक यात्राको क्रममा रहेका कवि बद्री भिखारी केहीदिन पहिले नै गृहनगर आइपुगे। सँधैजसो अनौपचारिक काममै इटहरी आइपुग्ने भिखारीको यसपटकको यात्रा अलि फरक थियो। गत असार २९ गते लोकार्पण भएको कविता कृति 'समुद्र साउती'सँगै साउती गर्दै इटहरीका पाठक र साहित्यकारसँग विमर्श गर्न आएका थिए उनी।
_x000D__x000D_
कार्यक्रमः बद्री भिखारीको काव्यकृति समुद्र साउती ‘होम लन्च’। समयः बिहानको ११ बजे। स्थानः कोशी सेन्ट जेम्स कलेजको सेमिनार हल इटहरी, सुनसरी। मितिः १, मङ्सिर २०७५, शनिबार। आयोजक को हो नामनिशान देखिएन।
_x000D__x000D_
११ बजेका लागि तोकिएको कार्यक्रम १ घन्टा ५ मिनेट ढिलो अर्थात् १२:०५ मा मात्र सुरु भयो। कार्यक्रम ढिलो भएको विषयमा गाइगुई हल्ला हुन थाल्यो। त्यतिकैमा कवि मनु मन्जिलले माइक्रोफोन समाएर कार्यक्रम ढिला हुनुमा त्यही माइक्रोफोन जिम्मेवार भएको सन्देश सुनाए। हल हाँसोले भरियो।
_x000D__x000D_
सबैको ध्यान स्टेजको ब्यानर र कुर्सीमा थियो। त्यतिकैमा कार्यक्रम सञ्चालकले आसन ग्रहण गराउन थाले। कार्यक्रमको औपचारिक आयोजक नभएकोले दर्शक दिर्घामा बस्ने सम्पूर्णलाई सभापतित्व ग्रहण गर्न भनियो। सबैलाई अचम्मित बनायो। कसैले पनि उठेर आसन ग्रहण गर्ने साहस गर्न सकेनन्।
_x000D__x000D_
_x000D__x000D_
अतिथि आसन ग्रहणपछि कार्यक्रम उद्धघाटन भयो। प्रमुख अतिथि जशराज किराँतीले कविताको एक हरफ पढेर कार्यक्रम उद्धघाटन गरे।
_x000D__x000D_
घाम रोप्छु भनेर
_x000D_सखारै
_x000D_घरबाट हिँडेको ऊ
_x000D_साँझ छिप्पिसकेपछि
_x000D_खुर्पे जुन
_x000D_बोकेर पो फर्कियो!
_x000D__x000D_
लगत्तै भिखारीको हातमा माइक्रोफोन पर्यो। 'नागरिकता' शीर्षकको कविताबाट उनले वाचन सुरु गरे। दर्शकदिर्घा पूर्ण रूपमा मन्त्रमुग्ध बन्यो। कविको वाचन रोकिए लगत्तै हलमा तालीको गड्गडाहट सुरु भयो। लामो समय रोकिएन। हलको बीच र कुनाबाट 'वान्स मोर' सुनिन थाल्यो।
_x000D__x000D_
कवि त्यति मै रोकिएनन्। ‘तिमीले राम्रो भनेपछि’ कविता खोज्न पाना पल्टाउन थाले उनी। भिखारीले ‘तिमीले राम्रो भनेपछि’ वाचन गर्दा उनका औंलाले हलको कुनातिर सङ्केत गरिरहेको थियो। त्यसपछि सबैले कुनातिर पल्याकपुलुक हेर्न थाले। तर कसैले ‘तिमी’ को हो ठम्याउन सकेनन्, भिखारीले भनेको तिमी पत्ता लागेन।
_x000D__x000D_
भिखारी गुन्जिइ सकेपछि प्रा. डा. टङ्क न्यौपानेको पालो आयो। भिखारीको काव्यिक परिपक्कता देखेर दङ्ग भएको उनले सुनाए। लामो समयसम्म काव्यिक यात्रा छाडेका भिखारी त्यसपछि झनै खारिएर आएको उनको भनाइ थियो।
_x000D__x000D_
_x000D__x000D_
त्यसपछि स्टेजमा कवि मनु मन्जिलको पुनरागमन भयो। न्यौपानेको तर्कको खण्डन गर्दै उनले भिखारी समयअनुसार बग्न सक्ने कवि भएको प्रतिक्रिया दिए। डा. न्यौपानेको विरोध गरेको हैन। ‘भिखारी दाइको परिपक्कता पहिल्यैदेखि खारिएको थियो,’ उनले भने, ‘भिखारी दाइले पहिला पुरानो पुस्ता सुहाँउदो कविता लेख्थे। त्यसपछि हाम्रो पुस्तालाई लोभ्याउने खालको र अहिले नयाँ भाइबहिनीलाई 'फिट' हुने प्रस्तुति दिनुहुन्छ।’
_x000D__x000D_
मनु मन्जिलको खरो अभिव्यक्ति पश्चात् स्टेजमा पुगे कवि तथा पत्रकार राजेश विद्रोही। उनले समुद्र साउतीभित्रको ‘सिद्धार्थ’ शीर्षकको कविता वाचन गरे। त्यसपछि कवि सन्तोष थेवेले सोही कृति भित्रको ‘हजुर आमा र उज्यालो’ कविता सुनाए।
_x000D_
_x000D_कार्यक्रमलाई रोचक बनाउनकै लागि भिखारी पुनः स्टेज पुगे। सबैले अनुमान लगाए फेरि भिखारीले कविता वाचन गर्नेछन्। तर उनले वाचन गरेनन्। प्रश्नको सामना गर्ने भन्दै खडा भए। प्रश्नकर्ताको रूपमा आए आख्यानकार रमेश सायन। सायनले यस कृति भित्रका कविता सुन्दर बनाउन के-के गर्नु भयो? भनी प्रश्न गरे।
_x000D_भिखारीले पनि आफ्नै एक कविता ‘अनुत्तरित प्रश्न’को सम्झना गराउँदै कविता सुन्दर भनिदिनु भएकोमा धन्यवाद दिए।
_x000D__x000D_
सायनले दोस्रो प्रश्न गरे। आफूले सोचेभन्दा फरक प्रतिक्रिया पाठकबाट आउँदा कस्तो अनुभूति हुन्छ? जसले जे बुझ्छ त्यही लेखेको भिखारीले बताए। ‘एउटा कवितामा फरक-फरक धारणा प्रवाह हुनु नै कविको सफलता हो’ उनले भने।
_x000D__x000D_
तपाईंले १२ वर्षसम्म कविता नलेखेको भन्नुभयो। कविता लेख्दा जुन आनन्द आउँछ, त्यो आनन्द चाँहि केबाट परिपूर्ति गर्नुभयो? सायनले तेस्रो प्रश्न गरे। प्रश्न भुईंमा झर्न नपाउँदै हलमा हाँसोको फोहोरा छुट्यो। भिखारीले पनि मुस्कुराउँदै जवाफ फर्काए। एउटा कवि कविता लेख्दा र नलेख्दा बराबर आनन्दित हुन्छ। कविता लेख्दा लेखेर आनन्दित हुन्छ। नलेख्दा सोचेर मात्र भए पनि ऊ आनन्दित हुन्छ। त्यसैले म १२ वर्ष कविता सोचेर आनन्दमा बसे। हल पुनः हाँसोले गुन्जियो।
_x000D__x000D_
सायनले आफ्नो समय सकिएकाले बिदा माग्ने तरखर गर्न थाले। तर दर्शकबाट अझै धेरै समय बाँकी रहेको आवाज आइरह्यो। त्यतिकैमा सायनले आफूले जम्मा ३ वटा मात्र प्रश्न ल्याएकोले अब बाँकी सोध्न नसक्ने भन्दै स्टेजबाट बाहिरिए। उनको मलिन अनुहारमाथि हाँसोको प्रहार भयो।
_x000D__x000D_
_x000D__x000D_
कार्यक्रम सञ्चालकले सायनलाई ढाडस दिन प्रसङ्ग बदले। र बोलाए गजलकार टिका आत्रेयलाई। आत्रेयको आगमनले ‘जस्तो जस्तो’ कविता गुन्जयमना भयो।
_x000D__x000D_
आत्रेयको बिदाइपछि सञ्चालकले कवि विराट अनुपमलाई माइक्रोफोन हस्तान्तरण गरे। त्यससँगै सम्पूर्ण अतिथिहरू दर्शक बने। अनुपमले 'प्यानल डिस्कसन'को तयारी गर्न थाले। कवि देवान किराँती, सीमा आभास र डा. रामजी तिम्सिना स्टेजमा पुगे।
_x000D__x000D_
अनुपमले उपस्थित तिनै जनालाई एउटै प्रश्न गरे। तपाईंहरू सबैले समुद्र साउती पढ्नु भएको छ? आभास र तिम्सिनाले आद्योपान्त पढेको बताए। तर किराँतीले कृति आउनुभन्दा अगाडि धेरै पढियो तर अहिले पढेको छैन भन्ने सिधा उत्तर दिए।
_x000D__x000D_
कार्यक्रम अवधिभर कृतिकै विषयमा चर्चा भयो। खाली भएको स्टेजमा पुनः पुगे जशराज किराँती। कार्यक्रमको अन्त्य गर्ने जिम्मेवारी पनि उनैले पाएका थिए।
_x000D__x000D_
भिखारीको कविता वाचन सुन्दा अझै पनि आफू युवा नै भएको भान हुने अनुभव उनले सुनाए। भिखारीमा आएको परिपक्कता देखेर आफू दङ्ग परेको उनको भनाइ थियो। दर्शकदिर्घाको पछाडि बसेको भिखारी मुसुमुसु हासिरहेका थिए। राईले थप प्रशंसा गर्दै भने ‘कवि भएपछि भिखारी जस्तो हुनु।’
_x000D__x000D_
यसअघि काठमाडौंको शिल्पी थिएटर र धरानमा समुद्र साउती कृतिमाथि समीक्षा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।