काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन्।
_x000D__x000D_
आइतबार भएको खेलमा दुवै क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्। खेलमा नेपाल पुलिस क्लबले अधिकांस समय बललाई नियन्त्रणमा लिएको थियो। तर मच्छिन्द्रका डिफेन्डरले पुलिसका फरवार्डलाई सफल हुन दिएनन्।
_x000D__x000D_
बराबरीसँगै पुलिस अंक तालिकाको चौथो स्थानमा छ। २ खेलबाट ४ अंक जोडेको पुलिसले सुरुवाती खेलमा जित हात पारेको थियो। मच्छिन्द्र भने लगातार २ खेलमा बराबरी खेलेर २ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।
_x000D__x000D_
अंक तालिका
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।