राजविराज– मूलुकभरी सातौं राष्ट्रिय कर दिवस मनाइराखिएको बेला उद्योग वाण्ज्यि महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधानले सरकारलाई कर तिर्नुको औचित्यमाथि नै प्रश्न उठाएका छन्।
_x000D__x000D_
जनताको करमा नेता तथा सरकारका मन्त्रीहरुले रजाइँ गरेको भन्दै देश विकास र जनताको जिवनस्तर सुधारका लागि करको उपयोगीताको ग्यारेन्टी नभएसम्म कर तिर्नुको औचित्य नरहने उनको तर्क छ।
_x000D__x000D_
सातौं राष्ट्रिय कर दिवसका अवसरमा सुरु भएको कर सप्ताहको दोस्रो दिन आइतबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले भने, ‘जबसम्म नेता र देश सञ्चालकहरुको नियतमा सुधार आउँदैन तबसम्म जनताले कर तिर्नुको औचित्य पनि रहँदैन।’
_x000D__x000D_
सरकारले नियमित कर बुझाइरहेका करदातालाई एकमाथि अर्को समस्या थपेर दुःख दिएको उनले आरोपसमेत लगाए। करको दायरा बढाउनुको सट्टा कर वृद्धि गरी पुरानै करदातालाइ दुःख दिनु अन्याय हुने उनको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण व्यवसायी सघं सप्तरीका अध्यक्ष एनेश्वर दास, निमिक्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, सशस्त्रका प्रहरी उपरिक्षक खेम बहादुर थापा, पत्रकार महासघं सप्तरीका पूर्व अध्यक्ष वैद्यनाथ झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतले करका विषयमा प्रचार प्रसार गर्न र सबैले कर बुझाउनु पर्छ भन्ने भावनाको विकास गर्न सुझाव दिए।
_x000D__x000D_
यसअघि राजविराजमा प्रभातफेरीको समेत आयोजना गरिएको थियो।
_x000D__x000D_
सप्तरीमा कुल १५ हजार ९ सय ४२ करदाता छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।