काठमाडौं– काठमाडौंको बत्तीसपुतलीस्थित होटल मिराज लर्डस इनमा जुवा खेल्दाखेल्दै पक्राउ परेका १३ व्यापारीहरुको नाम बाहिर आएको छ।
_x000D__x000D_
महेश गोयल सञ्चालक रहेको भारतीय चेन होटल भनेर चिनिएको सो होटलबाट महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लको टोलीले नेपाली र भारतीय व्यापारीहरुलाई शनिबार पक्राउ गरेको थियो।
_x000D__x000D_
पक्राउ पर्नेमा मनोजकुमार चित्लाङे, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरबकुमार अग्रवाल, सुरेशकुमार कलान, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेमानी, जगदिश कुमार, मनिषकुमार नेमानी, विकासकुमार नेमानी र मनोजकुमार टिबडेवाल रहेको प्रहरीले जानकारी दिएको छ।
_x000D__x000D_
'पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको तयारी भइरहेको छ' प्रहरीले भन्यो, 'उनीहरुलाई जुवा ऐनमा टेकेर कारवाही हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।