बर्दिवास– महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन्।
_x000D__x000D_
विद्यालय आफैंले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन्।
_x000D__x000D_
कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताए।
_x000D__x000D_
उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा लाखौं मूल्यका कम्प्युटर ‘कवाड’ बन्ने स्थितिमा रहेका उनले जानकारी दिए।
_x000D__x000D_
विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार १४२ छात्रछात्रा छन्।
_x000D__x000D_
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी संख्या १ सय ६० रहेको छ।
_x000D__x000D_
शिक्षक कमल श्रेष्ठका अनुसार ८ कक्षा माथिका छात्रछात्राले कम्प्युटर शिक्षाबारे दिनहुँ चासो राख्ने गरेका छन्।
_x000D__x000D_
नगर प्रमुख सञ्जिवकुमार साहले नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताए।
_x000D__x000D_
उक्त विद्यालयको स्वामित्वमा विभिन्न ठाउँमा गरी २० बिघा भन्दा बढी जग्गा रहेको र जग्गाको भाडासहित अन्य आम्दानी स्रोत राम्रै रहेकाले विद्यालय आफैंले समेत कम्प्युटर शिक्षकको व्यवस्था गर्नसक्ने अभिभावक बताउँछन्।
_x000D__x000D_
विद्यालय प्रशासनले आम्दानी तथा खर्च कहिल्यै पारदर्शी नगरेको अभिभावकको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।