पोखरा- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्।
_x000D__x000D_
नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा अाइतबार आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै नेता श्रेष्ठले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए।
_x000D__x000D_
नेपाली जनताले एकताबद्ध सङ्गठित काङ्ग्रेसको अपेक्षा गरेको बताउँदै उनले भने, 'पार्टीको आन्तरिक सङ्गठन मजबुत बनाउँदै अघि बढ्नुपर्ने बेला अाएको छ।' वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको बताउँदै जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको भन्दै सरकारको अालोचना गरेका थिए।
_x000D__x000D_
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले काङ्ग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए।
_x000D__x000D_
नेपाली काङ्ग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट लगायतले पार्टीको सशक्तिकरण लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।