क्यान्डी- श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो । जितसँगै इंग्ल्यान्डले सिरिज कब्जा गरेको छ।
_x000D__x000D_
पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता विदेशी भूमिमा इङ्ल्यान्डको यो पहिलो शृङ्खला विजय हो । श्रीलङ्कालाई यसअघि सन् २००१ मा इङ्ल्यान्डले श्रीलंकामै आएर शृङ्खला जितेको थियो ।
_x000D__x000D_
श्रीलंकालाई जितका लागि ३०१ रन आवश्यक थियो, तर श्रीलंकाले २४३ रन मात्र बनाउन सकेको थियो ।
_x000D__x000D_
यसअघि गाल्लेमा भएको पहिलो टेस्ट पनि इङ्ल्यान्डले जितेको थियो । दोस्रो टेस्टमा ज्याक लिच, मोइन अलि र अदिल रसिदले १९ विकेट लिएका थिए । साथै, इङ्ल्यान्डका कप्तान जो रुटले दोस्रो इनिङमा १२४ रनको महत्वपूर्ण पाली खेलेका थिए ।
_x000D__x000D_
जितपछि बोल्दै कप्तान रुटले निकै सङ्घर्षपूर्ण जीत प्राप्त गरेकामा टोलीका सबै खेलाडी प्रसन्न रहेको बताए ।
_x000D__x000D_
तेस्रो टेस्ट कोलम्बोमा शुक्रबार शुरु हुँदैछ ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।