काठमाडौं– ख्यातिप्राप्त बौद्धिक कमलप्रकाश मल्लको निधन भएको छ। केही वर्षदेखि परिवारका साथ अमेरिकामा बस्दै आएका मल्ल त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्रध्यापक हुन्। उनका श्रीमती र छोराछोरी छन्।
_x000D__x000D_
अमेरिकाको एटलान्टामा गए राति ११:४५ मा उनकाे निधन भएको हो। उनी लामो समयदेखि पार्किन्सनका बिरामी थिए। उनी ८३ वर्षका थिए।
_x000D__x000D_
नेपाली इतिहास लेखनलाई वैकल्पिक धारबाट व्याख्या विश्लेषण गरेका मल्लले आफ्नो करियरको सुरुवात अंग्रेजी भाषा साहित्यसम्बन्धी शिक्षणबाट गरेका थिए। पछि भाषाविज्ञान हुँदै सांस्कृतिक इतिहासको अध्ययनमा व्यस्त थिए।
_x000D__x000D_
त्रिभुवन विश्वविद्यालमा छँदा मल्लले पशुपतिशम्शेर राणासँग मिलेर 'नेपाल इन प्रस्पेक्टिभ्स' भन्ने पुस्तक सम्पादन गरेका थिए। उनका केही चर्चित पुस्तक प्रकाशित छन्।
_x000D__x000D_
'द रोड टु नोह्वेरः अ सेलेक्सन अफ राइटिङ्ग्स' का साथै 'फ्रम लिट्रेचर टु कल्चरः सेलेक्टेड राइटिङ्ग्स अन नेप्लिज स्टडिज' उनका चर्चित पुस्तक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।