काठमाडौं– प्रहरीले राजधानीका विभिन्न जुवा अखडामा छापा मारेर झन्डै १० लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ गरेको छ।
_x000D__x000D_
महानगरीय प्रहरी वृत्त गौशालाले बत्तीसपुतलीबाट १३ जना जुवाडेलाई ७ लाख ६० हजारसहित पक्राउ गरेको छ।
_x000D__x000D_
त्यसैगरी दरबारमार्ग प्रहरीले १ लाख ३४ हजार रुपैयाँसहित ४ जुवाडेलाई पक्राउ गरेको डिएसपी दानबहादुर मल्लले बताए। नयाँ बसपार्क क्षेत्रबाट पनि प्रहरीले ८० हजार रुपैयाँसहित ३ जुवाडेलाई पक्राउ गरिएको छ।
_x000D__x000D_
उनीहरुमाथि जुवा ऐन अनुसार मुद्दा चलाएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।