भक्तपुर– भक्तपुरको मध्यपुर ठिमी–४ स्थित क्षयरोग अस्पताल नजिकै गएराती ११ बजे, बा ५ ख ३७६५ नम्बरको बसको ठक्करबाट बा २ क १६५४ नम्बरको मिनी ट्रकका चालक र सहचालकको मृत्यु भएको छ।
_x000D__x000D_
मृत्यु हुनेमा मिनी ट्रकका चालक काभ्रेको बनेपा–४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाँउका २८ वर्षीय टार्जन श्रेष्ठ रहेका छन्।
_x000D__x000D_
दुवैजनाको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो। उक्त मिनी ट्रक अगाडि रहेको बा २ क ३९३५ नम्बरको ट्रिपरको पछाडि ठोकिन पुगेको थियो। ठक्कर दिने बस सहित चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।