आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।
_x000D__x000D_
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
_x000D__x000D_
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। (औसिमम सैक्ंटम) तुलसी 'लैबिएती' कुल अन्तर्गत पर्दछ।
_x000D__x000D_
यो तुलना रहित हुने हुनाले यसको नाम तुलसी रहेको छ भने यसको रस उपयोगी हुने र देवतालाई समेत चढाइने हुनाले सुरसा पनि भनिन्छ।
_x000D__x000D_
तुलसीलाई अंग्रेजीमा सैक्रेड बेसिल वा होली बेसिल पनि भनिन्छ।
_x000D__x000D_
आयुर्वेद, द्रव्य गुणविज्ञानका अनुसार यसको गुण-लघु,रुक्ष ; रस- कटु,तिक्त; विपाक-कटु र वीर्य उष्ण रहन्छ। तुलसी वातश्लैष्मिक विकारका लागि उपयुक्त रहन्छ।
_x000D__x000D_
कृमिरोग,विष्टम्भका लागि उपयोगी हुने तुलसी हृदयदौर्बल्य तथा रक्तविकारमा समेत लाभदायक रहन्छ।
_x000D__x000D_
कच्छू,दद्रु आदिमा यसको पत्ता पिनेर लगाउन सकिन्छ। मूत्रकृच्छ,शुक्रमेह तथा त्वचागत विकारमा समेत तुलसीको प्रयोग गरिन्छ।
_x000D__x000D_
कास,श्वास,पार्श्वशूल,कर्णशूल,शिरोरोग तथा यक्षमा मा तुलसीको पत्रस्वरस प्रयोग गरिन्छ।दीपन,पाचन,अनुलोमन र कृमिघ्न कर्म गर्ने तुलसी प्रतिश्याय, विषमज्वर वा शीतप्रधान ज्वरमा उपयोगी रहन्छ।
_x000D__x000D_
वेदनाहर र शोथहरका रुपमा चिनिने तुलसी कफवातशामक र विषनिवारक रहन्छ।
_x000D__x000D_
यसको प्रयोज्य अंग पत्र,पुष्प,बीज,मूल रहन्छ भने मात्रामा चूर्ण१-३ग्रा,स्वरस ५-१० मि.लि रहन्छ।
_x000D__x000D_
(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी गरिररहेका छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।