बाँके– संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन्।
_x000D__x000D_
एकल बुहारीको इच्छाअनुसार उनले नै राेजेकाे केटासँग विवाह गरी घरबाट अद्दमाएका हुन्।
_x000D__x000D_
विसं २०७२ को भूकम्पमा परि उनीहरूका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएका हुन्।
_x000D__x000D_
'मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी नयाँ जीवनको सुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुशीमा सहभागी भएका हाैँ,' पूर्वउपसभामुख सुवेदी भनिन्।
_x000D__x000D_
उनले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरु चिन्तित रहेकै बेलामा मालती आफैंले छानेको बरका साथ उनलाई खुशी देख्नको लागि विवाह गरिदिएको बताइन्।
_x000D__x000D_
मालतीका यसअघि दुई छोरा छन्।
_x000D__x000D_
बुहारीलाई छोरी बनाइ घरबाटै अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाजलाई साँच्चिकै परिवर्तन गर्नका लागि उदाहरण भएको नेकपाकी नेतृ तथा प्रदेश नं ५ प्रदेशसभा सदस्य कृष्णा केसीले बताइन्।
_x000D__x000D_
उनले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिककर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भनिन्, 'बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाइ आफ्नै घरबाट अन्माउने दुवैबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ।'
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।