म्याग्दी– प्रवासमा रहेका पूर्वविद्यार्थीको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविमा कक्षाकोठा भवन निर्माण भएको छ। बेलायती पूर्वगोर्खा सैनिकको पहलमा पहार ट्रस (कोष) नेपालको सहयोगमा आठकोठे पक्की भवन निर्माण भएको हो।
_x000D__x000D_
कोषको ७२ लाख ११ हजार २ सय १७ र विद्यालयको २५ लाख १० हजार ८७ गरी कूल ९७ लाख २१ हजार ३ सय ४को लगानीमा दुईतले भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिए।
_x000D__x000D_
भवन निर्माणका लागि सहयोग भित्र्याउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत दानावासीले पहल गरेका थिए।
_x000D__x000D_
कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याउने योजना रहेको प्रअ शान्तबहादुर नेपालीले बताए।
_x000D__x000D_
यसअघि भवन अभावमा ११ र १२ कक्षाको पठनपाठन बिहानको समयमा सञ्चालन हुँदै आएको थियो।
_x000D__x000D_
नयाँ भवन बनेपछि सबै कक्षा दिवा सञ्चालन हुने भएको छ। कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३ सय ५८ विद्यार्थी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।