बेरूत–अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाइ आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ।
_x000D__x000D_
मारिनेमा अधिकांश सर्वसाधारण रहेको उक्त समूहले जनाएको छ।
_x000D__x000D_
'इस्लामिक स्टेट (आइएस) को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा परेका ३६ परिवारमा सदस्य रहेका छन् भने मारिनेमध्यृ १७ जना कालकालिका रहेका छन्,' सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ। मारिने अन्य सात जनाको परिचय खुल्न सकेको छैन।
_x000D__x000D_
हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो।
_x000D__x000D_
अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग उक्त क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ।
_x000D__x000D_
सेप्टेम्बरमा अबु हुसनमा भएको कारबाहीमा भएको यो सबैभन्दा ठूलो हताहतीको घटना हो।
_x000D__x000D_
सिरियामा सन् २०११ मा शुरू भएको द्वन्द्वका कारण तीन लाख ६० हजार सिरियालीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ। एएफपी
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।