जनकपुरधाम- भारतबाट अवैध रुपमा ल्याउँदै गरेको लाखौँ मूल्य बराबरको सुर्ती र लत्ताकपडा धनुषा प्रहरीले बरामद गरेको छ। शुक्रबार राति ज १ त ६४०५ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याउँदै गरेको सुर्ती र लताकपडा हंसपुर नगरपालिका–३ स्थित हंसपुर चोकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
अवैध रुपमा नेपाल प्रवेश गराउँदै गरेको करीब १३ लाख ४३ हजार मूल्य बराबरको सुर्ती र लता कपडा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको धनुषा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक मोहन क्षेत्रीले जानकारी दिए।
_x000D__x000D_
बरामद भएको ट्रयाक्टर सहित कपडा र सुर्ती जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।