काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पाँच मिनेट बसेर बिना निष्कर्ष टुंगिएको छ। भोलि अाइतबार दिउँसो २ बजे बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक बिना निष्कर्ष टुंगिएको हो।
_x000D__x000D_
अाइतबार नै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको कार्यकाल समापन हुन लागेकाले वर्तमान कार्यसमितिको पदावधि थप गर्ने नगर्ने विषयमा विवाद भएकाले बिना निष्कर्ष बैठक टुंगिएको हो।
_x000D__x000D_
कांग्रेसको संस्थापन पक्ष वर्तमान कार्यसमिति थप गर्नुपर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष तदर्थ समिति गठन गर्नुपर्ने र त्यसको नेतृत्व अाफूहरुले पाउनुपर्ने माग गरेको छ। यसैगरी कृष्णप्रसाद सिटौला पक्ष भने तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा छ।
_x000D__x000D_
कांग्रेस बैठक पाँच बसेपनि पार्टीका गुटबीच भने छलफल लामै समय चलेको थियो।
_x000D__x000D_
विद्यार्थीका नाराबाजीका कारण कांग्रेस मुख्यालय दिनभर तनावग्रस्त बनेको थियो। यसैक्रममा पार्टीका नेता र विद्यार्थी कार्यकर्ताबीच भनाभन समेत चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।