काठमाडौँ- नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ।
_x000D__x000D_
नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै संरचनामा कडाइका साथ तुरुन्त लागू गर्ने उद्घोष गरेको हो। सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरी उक्त कार्यक्रम अभियानका रुपमा अघि बढाउने अठोट गरेको छ।
_x000D__x000D_
आगामी चैतसम्म चरणबद्धरुपमा मातहतका निकायको तहसम्म उपहार लिने दिने तथा आर्थिक अनियमितता र भनसुनविरुद्ध सङ्गठनले सचेतना कार्यक्रम गर्न लागेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।
_x000D__x000D_
सेनालाई व्यवसायिक फौजका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढाइएको यो कार्यक्रमले सकल दर्जाबीचमा थप विश्वासको वातावरण सिर्जना गर्ने र सङ्गठनको छवी सुधार्न योगदान पुग्ने सेनाले विश्वास लिएको छ।
_x000D__x000D_
कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षाको बलियो खम्बा र एकताका प्रतीकको रुपमा रही आएको नेपाली सेनाका सकल दर्जालाई यस्ता कार्यक्रमले व्यवसायिक बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।