नदीमा डुबेर वडाध्यक्षको निधन

नेपाल लाइभ | २०७५ मङ्सिर १ शनिबार | Saturday, November 17, 2018 १२:१४:०९ मा प्रकाशित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको छ।

_x000D_ _x000D_

इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको  वडासचिव डुम बाहादुर बिकले बताए। 

_x000D_ _x000D_

शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको थियो। ६५ वर्षीय श्रेष्ठको मृत्युको कारण खुलेको छैन।