काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक र सहचालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ।
_x000D__x000D_
शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरी यस अभियानको सुरुवात गरे।
_x000D__x000D_
चालकलाई सुन्तला रङको र सहचालकलाई हरियो रङको ज्याकेट छ। एक सातासम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारबाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए।
_x000D__x000D_
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचान सहितको ज्याकेट लगाउनाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गरे। यसले अनुशासित पनि बनाउने उनले बताए।
_x000D__x000D_
ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत ड्रेस कोडको व्यवस्था गर्नुका साथै ट्याक्सी र माइक्रोबसका चालकको ड्रेस कोडलाई राजधानी बाहिर पनि लैजाने तयारी भइरहेको छ।
_x000D__x000D_
यसअघि ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।