नाइजेरिया, अबुजा- आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
_x000D__x000D_
नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यमा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।
_x000D__x000D_
आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को एक बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ।
_x000D__x000D_
आपतकालीन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिएका छन्।
_x000D__x000D_
घटनाका बारेमा थप अनुसन्धान जारी रहेको डोडोडोले बताए।सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।