काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैंकले हालै जारी गरेको एक प्रतिवेदनमाथि आपत्ति जनाएका छन्। सन् २०१९ को व्यवसाय गर्ने वातावरणसम्बन्धी प्रतिवेदन (डुइङ बिजनेस रिपोर्ट, नेपाल, २०१९) मा नेपालको स्थान ५ बिन्दु तल झारिएको प्रति अर्थमन्त्री खतिवडाले आपत्ति प्रकट गरेका हुन्।
_x000D__x000D_
सातौं कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सानो फाइलिङको समस्या देखाएर विश्व बैंकले नेपाललाई ५ स्थान तल झारिदिएको दाबी गरे।
_x000D__x000D_
‘कुनै अन्तर्राष्ट्रिय संस्थानले करका फाइलिङमा समस्या छन् भन्ने एउटा सानो कुरालाई लिएर हामीलाई १०५ बाट ११० मा झारिदिए,’ उनले भने, ‘यसमा हाम्रो आपत्ति छ।’
_x000D__x000D_
_x000D__x000D_
उक्त प्रतिवेदनले नेपालका सम्बन्धमा गरेको विश्लेषण सही नभएको जानकारी विश्व बैंकलाई गराइसकेको अर्थमन्त्री खतिवडाले बताए। ‘त्यसको रिभ्यू हुँदैछ,’ उनले भने।
_x000D__x000D_
सामाजिक सुरक्षाको विषयलाई लिएर विश्व बैंकले नेपालको स्थान तल झारिदिएको अर्थमन्त्री खतिवडाको भनाइ थियो। श्रमिकको उत्थान र संरक्षणका लागि सरकार गम्भीर रहेको उनले बताए। विश्व बैंकको उक्त मूल्यांकनमा आफूहरूले समस्या देखाइसकेको र त्यसको पुनर्विचार गर्न विश्व बैंकले टोली पठाउन लागेको उनको भनाइ थियो।
_x000D__x000D_
विश्व बैंकको उक्त प्रतिवेदनले सन् २०१९ मा ‘डुइङ बिजनेस’ मा नेपाल सन् २०१८ को तुलनामा ५ स्थानले तल झरेर ११० को बिन्दुमा पुगेको उल्लेख गरेको छ।
_x000D__x000D_
व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार लागिपरेको पनि उनले बताए।
_x000D__x000D_
अनलाइन बैंकिङलाई प्रवर्द्धन गरेर आगामी दिनमा कर बुझाउने प्रक्रिया सहज बनाउने अर्थमन्त्री खतिवडाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।